विदेशी मुद्राको विनिमय दर आज कति होला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३९ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ २० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ७५ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ५२ पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।