देशैभरीको मौसम आज कस्तो रहँला त…
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
शुक्रबार बिहान कोशी प्रदेश र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहेको हो । साथै बाँकी तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो भने कोशी, मधेश प्रदेश लगायतका पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो । देशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
शुक्रबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।