गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, १३ घाइते
काठमाडौं । गुल्मीमा बिहीबार राति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी अन्य १२ जना घाइते भएका हुन् । बिहीबार राति पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका कुँवरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हो ।
बस रुरुक्षेत्र गाउँपालिका–१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन । घाइते मध्ये एक जनाको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको हो।
१२ जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको प्रहरीले बताएको हो ।