पेट्रोल र डिजेलको मूल्य आज राति १२ बजेदेखि लागू हुने गरी घट्यो
काठमाडौं । नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो । डिजेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।