विदेशी मुद्राको विनिमय दर आज यस्तो छ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५६ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ६७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ८३ पैसा रहेको हो। त्यस्तै,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।