भोलि सार्वजनिक बिदा दिइएको छैन: गृह मन्त्रालय
गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ। गत वर्ष फागुन १ गते सार्वजनिक बिदा दिइएको थियो।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्। संघीय सरकारले गत वर्ष 'जनयुद्ध दिवस' का दिन फागुन १ मा बिदा दिएको थियो।
तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो। सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रष्टाएको छ। विभिन्न स्थानीय तहहरूले भने 'जनयुद्ध दिवस' का अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।