जन्ती बोकेको जीप दुर्घटना
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
जिप अनिन्त्रित भई सडकदेखी अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । जिपमा सवार यात्रुहरुमध्ये ७२ वर्षीय आसपुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको र १७ वर्षीय तुलसी गुरुङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।