सुदुरपश्चिममा गौरा पर्व मनाईदै
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । सुदुरपिश्चममा मुख्य पर्वको रुपमा मनाईने गौरा पर्व पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी भगवान शिवलाई पतिको रुपमा प्राप्त गरेको विश्वास गरिन्छ । विशेष गरी दार्चुला, बैतडी, डडेलधुरा सहितका पहाडी जिल्लामा गौराको पूजा आराधना गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लागने गर्दछ, भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदायले गौरादेवीको मन्दिरमा भेला भएर गौरा पर्व मनाउने गर्छन । भारतको उत्तरखण्डको कुमाउ, गढवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ । गोलो घेरा बनाएर देउडा खेल्ने र देउडामा फाग, चैत, धमारी गाउने प्रचलन छ ।