आज ऋषिपञ्चमी
भाद्र शुक्ल पञ्चमीका दिन मनाईने ऋषिपञ्चमी पर्व नेपाली नारीहरुको महत्वपूर्ण पर्वको रुपमा लिईन्छ, आज यही पर्व उत्साहपूर्व देशभर मनाईदैछ । यस दिनमा नारीहरुले अरुणधती सहित सप्त ऋषिहरुको आरधना र पूजा गर्ने गरिन्छ । महिलाहरु बिहानै उठेर नुहाई धुवाई गरेर नजिकको खोला किनारा, ताल तलैया वा पोखरीमा गई ३०६५ वटा दतिवानको संकलप गरेर दन्त्वधावन गरिन्छ, त्यसपछि गाईको गोबर, खरानी, र माटोले स्नान गरेर पवित्र बन्न सकिन्छ, भन्ने धार्मिक मान्यता रहेको पाईन्छ । हरितालिका तीजको ब्रत एवंम पूजाआजा महिला र पुरुष दुबैले गर्न सकिने भनेर शास्त्रमा पाइन्छ, भने ऋषिपञ्चमी पर्व नितान्त महिलाहरुको रुपमा सावित भएको छ । विशेष गरी रजस्वलाको समयमा छाईछुई लगाायत विभिन्न खालका त्रुटी भएमा यस ऋषिपञ्चमीको दिन ब्रत बसी अरुणधती सहित सप्त ऋषिको पूजा गरेमा त्यस्तो खालको दोषहरुबाट मुक्त भइन्छ, भन्ने धार्मिक विश्वास रहेको छ । जलासयमा गएर विधिगत रुपमा स्नान गरि सकेपछि अरुणधती सहित अत्री, गौतम, भारतध्वज, जङ्गदम्वनी, वशीस्त्र, कस्यम र विश्वमित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषिपञ्चमी पूजा भनेर भनिन्छ, यहाँ सप्त ऋषिहरुकै पूजा गर्ने भएको कारण यस पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।