अस्पताल पुगेर सांसद घलेलाई भेटे प्रधानमन्त्री देउवाले
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसद कर्मा घलेलाई अस्पतालमा पुगेर भेटेका छन्।
प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा सांसद घलेलाई ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगेर मंगलबार भेट गरी स्वास्थ्यलाभ कामना गरेका हुन्।
कर्मा लामो समयदेखि बिरामी छन्। पोस्टेट क्यान्सर भएपछि उनको भारतका अस्पतालमा पनि उपचार गरिएको थियो।
प्रधानमन्त्री देउवाले मंगलबार नै मेडिसिटी अस्पताल पुगेर प्रतिनिधि सभा सांसद तथा पार्टीका नेता प्रदीप गिरिलाई पनि भेटेका थिए।गिरि करिब एक वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित छन्। उनको पनि यसअघि भारतका अस्पतालमा उपचार गरिएको थियो।