आज हिन्दु महिला दिदि बहिनिहरुको महान चाड तीज
हरेक वर्ष भाद्र तृतीया तिथिमा पार्ने हिन्दु नारिहरुको महान चाड हरितालिका तीज आज देशभर मनाईदै छ । यो चाड भाद्र शुक्ल द्धितीया देखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा विशेष गरी भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन समेत गर्ने गरिन्छ । हिन्दु महिलाहरुले स्वातन्त्र रुपमा मनाउने तीज पछिल्लो समय अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको सु स्वाथ्यका लागि पहिलो ब्रत राखेकी थिइन् त्यहि दिन देखि हरितालिका तीजको पर्व मनाउदै आईरहेका छन् । विशेष गरी महिला दिदि बहिनीहरुले पतिको निम्ति निहार रहेर भगवान शिव तथा आद्यशक्ति पार्वतीसँग प्रर्थना गर्दछन् यो दिन बिहानै नुहाई धुवाई गरेर दिनभरी जल, अन्न ग्रहण नगरी ब्रत बस्ने गर्दछन् । बेलुकीपख घर, गाउँ र छिमेकमा महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधनाका साथै नाचगान तथा रमाईलो गर्ने गर्दछन् । विशेष गरी काठमाण्डौंको पशुपतिनाथ मन्दिर परिसमा महिला ब्रतालुहरुको ठूलो भिड हुने गर्दछ।