आज रक्षाबन्धन, जनैपूर्णिमा मनाईदै

प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाको दिन रक्षाबन्धन, जनैपूिर्णमा पर्व आज नव यज्ञोपवीत एव्म रक्षाबन्धन धारण गरेर मनाईदै छ । आजको दिनलाई वेद जयन्तीको रुपमा पनि चिनिन्छ, यसै दिनलाई जनैपूर्णिमा भनिन्छ । जनै लगाउनेहरु यस दिमा पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । खास गरि ब्राह्मण समुदायका मानिसहरु नुहाई धुवाई गरेर पूजापाठ गरी सके पछि पवित्र धागो, रक्षाबन्धन वा रक्षासूत्र बोकेर गाउँ गाउँ गएर सबैलाई रक्षाबन्धन बाँधेर टिका लगााईदिने चल्न छ । बदलामा शिष्यहरुले (रुपयाँ पैसा) वा वस्त्र आदि उपहार दिने गर्दछन् ।
पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदि, ताल, तलाउ,पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवंम डोरो(रक्षासुत्र) धारणा गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप,तप र पूजा मन्त्रिएको रक्षाबन्धन वा डोरा वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्दछन् । यस पर्वलाई छिमेकि देश भारतमा छुट्टै तरिकाले मनाईन्छ । दिदिबहिनीहरुले आफ्ना दाजुभाईको हातमा पवित्र धागो रक्षाबन्धन (राखि ) बाँधेर, टिका लगााएर मिठाई खुवाउछन् बदलामा दाजुभाईले उपहार वा दक्षिणा दिने गर्दछन् । पछिल्लो समय यहि चल्न नेपालमा पनि आएको छ । (तस्बिरहरु)
