आज देशभर नाग पञ्चमी पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावन शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व परम्परा अनुसार घरको मुल ढोकामा नागको चित्र टासेर मनाईन्छ । आजको दिनमा नागको तस्बिर टास्दा घरमा नाग, सर्प,विच्छी लगायतका जीवले दुख नदिने, अग्नि र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास रहेको नेपाल पञ्चनाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवंम धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताए । परम्परा देखिनै नाग पूजाको प्रचलन चलि आएको हो ।वैदिक मान्यता अनुसार नागलाई सपैको राजा मानिन्छ । नाग रिसाएमा पानिको सुक्ने र पानिको अभाव हुने भएकाले नागलाई खुसि बनाउन नाग पूजा गरिन्छ । नाग पञ्चमी एक श्रद्धार विश्वासको पर्व हो, यस दिन आठ प्रकारको अष्ट नागको पूजा गरिन्छ । नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आरधना पनि गरिन्छ ।नाग टासे पछि खेतबारिमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुदैन भन्ने मान्यता छ । आजको दिनमा काठमाण्डौंको नागपोखरि र टौदह, भक्तपुरको सिद्दिपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष रुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दुध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।