मेलिना राईले तोडिन इंगेजमेन्ट भन्छिन, कमजोर साधन चढेर बलियो साध्य चुम्न कठिन रहेछ
लोकप्रिय गायिका मेलिना राईले केहि समयअघि संगीतकार सञ्जिव बराई सँग गरेको इगेजमेन्ट तोडेकी छिन् उनले आफुहरुबीच वैचारीक रुपमा मतभेत भएका कारणल गर्दा सम्बन्धलाई तोड्ने निर्णय गरेको बाताएकी छिन् । मेलिनाले सामाकि सञ्जाल मार्फत आफुहरुबीच वैचारिक रुपमा मतभेत देखिएको र एक अर्कामा विचार नमिलेका कारण धेरै आत्मसमिक्षापछि इगेजमेन्ट तोड्ने निर्णय गरेको भन्दै मेलिनाले सामाजिक सञ्जालमा पोस्ट गरेकिछिन् । उनले भनेकि छिन् केहि समय अगाडि मैले आफ्नो इगेजमेन्ट गरेको कुरा सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी थिए, त्यो मेरो जिवनको एउटा गम्भीर निर्णय थियो । एक परिस्थितिमा हामी दुईबीच सँगै एकआपसमा साथ दिदै जीवन अगाडी बढाउने सोच सहित इगेजमेन्ट गरेका थियौ । समय छोटो भएपनि जिन्दगीको बारेमा लामो निर्णय भयो । हामी बीच स्पष्ट रुपमा समाजमा वैचारिक पक्षमा मतभेत देखिन् थाल्यो हाम्रो वचारमा मेल खान सकेन् । धेरै समीक्षा र आत्मसमीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा बाध्यताका साथ पुगियो । उनले भनेकि छिन् जीवनमा गरेका सबै इगेजमेन्ट विवाहमा परिणत हुने पर्छ भन्ने बाध्यकारी अवस्था पनि नभएको बताएकी छिन् । प्रेम सम्बन्ध पछि इगेजमेन्ट भउ पनि पछि जीवनमा नराम्रा पक्षहरु आईपरे स्वतन्त्र रुपमा इंगेजमेन्ट तोडेर बिहे नगरर्ने निर्णय लिन पाइन्छ । जर्बजस्ति बिवाहमा बाँधि नै पर्छ भन्ने हुदैन भनेकी छिन् । उनले सञ्जिव सँगको सम्बन्ध तोडेको बताउँदै आफ्ना शुभचिन्तक माथि पर्न गएको असर प्रति माफी मागेकि छिन् । यस बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असर प्रति क्षमाप्राथी छु । उनले भनेकि छिन् अहिले नै बिहे गर्ने सोच बनाउदिन् अझै धेरै मेहनत गरेर सांगितिक क्षेत्रबाटै देशको सेवा गर्ने प्रतिबद्वताका साथ अगाडि बढनेछु ।