तीजको पहिलो दिन : आज दर खाने दिन
हिन्दु महिलाहरुको महान पर्व तीजको पहिलो दिन दर खाएर देशभर मनाईदै छ । हिन्दु महिला दिदि बहिनिहरुले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ । विवाहित महिलाहरुले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उदश्यले यस दिन घरघरमा मिष्ठान्न परिकार तयार गरि दर खाने र नाचगान गरेर रमाईलो गर्ने प्रचलन छ । दरमा रिख, ढकने र सेलरोटी खाने गरिन्छ । दर खाने समय र स्थान भने ठाँउ अनुसार फरक फरक रहेको छ । कतै साँझमा केही चीज नखाई दर खाने प्रचलन छ, भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।