सप्तकोशीको कटानले श्रीलङ्का टापुका वासिन्दा छटपटीमा
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् ।
बेलकाको डुम्रीबोटेबाट धार परिवर्तन गर्दै पश्चिम तर्फ पस्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका वासिन्दा बिस्थापित भएका हुन् ।श्रीलंका टापुका नदी किनारका वासिन्दा पनि घर छाडेर सुरक्षित स्थानमा पुगेका छन् । भित्री क्षेत्रका बासिन्दा भने भाग्न पाएनन् ।