पाणिनि गाउँपालिकामा सजाएर राखिएको एम्बुलेन्स
अर्घखाँची जिल्लाको पाणिनि गाउँपालिका कार्यलय अगाडि ३ महिना देखि एम्बुलेन्स थन्काएर राखिएको छ । नयाँ सरकार आएको लामो समय हुदा पनि सञ्चालनको लागि कुनै पहल गरिएको देखिदैन्, नत सम्बन्धित निकायले चासो नै देखाएको छ । पालिकाले एम्बुलेन्स खरिद गर्दा स्थानियहरु जति हर्षित थिए, अहिले एम्बुलेन्स स्ञ्चालन हुन नसक्दा त्यतिनै निराश भएका छन् । त्यहाँका स्थानियहरु बिरामी हुदा पहिले जस्तै सार्वजनिक सवारी साधनको प्रयोग गर्न बाध्य भएका छन् ।