उपेन्द्र यादवको असहमतिले लोसपा सरकारमा आउने बाटो बन्द!
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा सहभागी गराउन चाहे पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको विरोधका कारण पछि हटेका छन्।
लोसपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवानिकट नेताहरूले लोसपाका नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग छलफल गरेका थिए।प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतसँग पनि छलफल गरेका थिए।
स्रोतका अनुसार लोसपाले ४ मन्त्रालय मागेको थियो। तर दुई मन्त्रालय लिएर पनि लोसपा सरकारमा आउन तयार भएको थियो। लोसपालाई सरकारमा ल्याउने विषयमा जसपा अध्यक्ष यादवले असहमति जनाएपछि प्रधानमन्त्री देउवा पछि हटेको उनी निकट स्रोतले बताएको छ।
'लोसपाका दुई जनालाई मन्त्री बनाउने तयारी थियो। यसमा जसपा अध्यक्ष यादवले असहमति जनाउनुभएको छ,' बालुवाटार स्रोतले भन्यो,'उपेन्द्र यादवले असहमति जनाएपछि प्रधानमन्त्री पछि हट्नुभएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि लोसपालाई सरकारमा ल्याउने विषयमा चासो दिनुभएन।'
जसपा अध्यक्ष उपेन्द्र यादवले भने लोसपालाई सरकारमा ल्याउने विषयमा कुनै छलफल नभएको दाबी गरे।
जुन विषयमा गठबन्धनमा छलफल नै भएको छैन। कसरी मेरो सहमति र असहमतिको कुरा आउँछ,'उनले बिहीबार सेतोपाटीसँग उपेन्द्र यादवले भने,'छलफल भएको भए पो मेरो धारणा यस्तो थियो भन्नु।'
लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरू सरकारमा जाने निश्चित भइसकेको दाबी गरे।
'प्रधानमन्त्रीले हामीले पहिलेदेखि सरकारमा आउन भन्नुभएको थियो। हामीले नागरिकता विधेयक पारित र कार्यकर्तामाथि लगाइएका मुद्दा