फोहोर व्यवस्थापनमा राजनीति गरेर बालेनलाई असफल नबनाऔं : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले फोहोर मैला व्यवस्थापनमा राजनीति नगर्न आग्रह गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा मेयर बालेन्द्र शाहलाई केही गरौँ भन्ने सोच भएका व्यक्तिका रुपमा चित्रित गर्दै, यसमा राजनीति नगर्न आग्रह गरेका हुन् । फोहोर व्यवस्थापन उहाँको ठूलो चुनौती हो, उनले लेखेका छन,। फोहोर व्यवस्थापन बारे मेयर बालेन शाहले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नु पर्ने र एक वर्ष सम्म यसमा सबैले हरसम्भव सहयोग गर्न पर्ने भन्दै अध्यक्ष थापाले फोहोरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका हुन् ।