आज गाईजात्रा पर्व मनाइँदै

भाद्रकृष्ण प्रतिपदाका दिन मनाईने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ । काठमाण्डौं उपत्यका भक्तपुर, पाटनसहित विशेष गरी नेवार समुदायको बसोबास रहेको ठाँउमा गाईजात्रा पर्व मनाइन्छ । एक वर्ष अघिदेखि दिवङ्ग्त आफ्न्तको सम्झनामा पाए गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिँगारी आ आफ्नो क्षेत्रमा घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रम्मा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउरा लगायतका परिकार खुवार्इ सम्मान गर्ने गर्दछन् । यसरी गाईलाई नगरपरिक्रमा गर्नाले मृत्यृ भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । गाइजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले आफ्ना छोराको मृत्यृले शोकले बिहाल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफ्न्त मरेका छन् । भनी देखाउन आ आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली नगर, सहर परक्रिमा गराउनू भनी आज्ञा दिएको जनश्रुती पाइन्छ । यति गर्दा पनि रानीको मन शान्त हुन नसकेकाले गाईजात्रा पर्वमा विभिन्न प्रकारका प्रसहन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरुप आजसम्म सोहि परम्परा अनुसार यस पर्व मनाइदै आएको मानिन्छ । यस पर्व आज देखि लगातार ८ दिनसम्म मनाउने गरिन्छ । यस पर्वलाई सारुप पर्व पनि भनिन्छ, विशेष गरि यो पर्व नेवारी समुदायमा धुमधामका साथ मनाईन्छ । (तस्बिरहरु)
