आज कृष्ण जन्माष्टमी देश भर मनाइँदै
कृष्ण जन्माष्टमी हिन्दुहरुको प्रमुख पर्व हो । आज देशभर भग्वान श्रीकृष्णको पूजा आरधना गरी मनाइँदै छ । यस दिन विशेष गरी महिलाहरु ब्रत बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आरधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकी सतित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रुप दर्शाएको सचित्र झुलाउने चलन छ । मन्दिरहरुमा झाक्रीहरु भग्वानत्प्रातमाहरुको मन रमाउने श्रृगांर, भक्तिभाव पुरुष र महिलाहरुले गरेको भगवत् कृपाको प्रवचन विशाल जुलुसहरु र कृष्ण भगवानको जन्मसम्बन्धी नाटकहरुले यो पर्वलाई धार्मिक क्षेत्रमा मात्र सिमित नगरी साधारण जनतामा पनि प्रचलित गराएको बनाएको छ । अन्याय, अत्याचार र राक्षसी प्रवृित्तबाट मानव मात्रको संरक्षण गर्न भगवान विष्णुको आठाँै अवतारको रुपमा रही सत्कर्मका लागी मानव समुदायलाई प्रेरित गरेको मान्यता छ । महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरुसँगको लडाइँमा संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम उनीबाट व्यक्त श्रीमदभागवत गीता हिन्दुहरुको पवित्र ग्रन्थ मानिन्छ ।