गंथाःमुगः चःह्रे
आज घण्टाकर्ण अथवा गंथाःमुगः चःह्रे।घण्टा भनेकाे घण्टी र कर्ण भनेकाे कान, यसकाे अर्थ कानमा घण्टा झुण्ड्याएकाे मान्छे हाे ।गं भन्नाले घण्टा र थाः भनेकाे बजाउने र मुगः भनेकाे हथाैडा वा मुङ्ग्राे। यसकाे मतलव घण्टी बजाउने मुङ्ग्राे बाेकेर हिड्ने हाे ।चःह्रे भनेकाे चतुर्दसी । याे पर्व चतुर्दसीकाे दिन मनाइन्छ ।पहाडमा श्राउने संक्रान्तिमा लुताे फ्याक्ने चलन भए जस्तै काठमाडाैंमा आजकाे दिन भूत प्रेत लुताे फाल्ने चलन छ । कतिलाई अचम्म लाग्ला गंथाःमुगःकाे कुरा सुन्दा । याे एक सामाजिक सत्य कथा हाे ।आज चाेकचाेकमा नर्कटकाे बाेटबाट घण्टाकर्णकाे मूर्ति बनाइ कागजकाे मुख हातखुट्टा बनाइ उभ्याएर घण्टाकर्णकाे "जगाः दे" भन्दै चन्दा मागिराछ । किनहाेला ? याे चन्दा उठाएकाे ? काेहि बच्चाहरूले माैकामा केही फाइदा पनि उठाए हाेला ।आजकाे दिन मलाई पनि सानाेबेलाकाे गंथाःमुगः चःह्रे मनाउने याद आयाे । एकथरी मानिस घण्टाकर्णलाई काठमाडाैंबासीहरू घरकाे भूतप्रेत भगाउने भनेर, आजकाे दिन सरसफाइ गरि साँझमा घण्टाकर्णकाे अन्त्यष्टी गरीरसकेपछी घरकाे ढाेकाकाे सिरानमा फलामकाे किला ठाेक्ने र चिउरा निफन्दा टुप्पाेमा आउने धुलाे चिउरा त्यसलाई चाेकाबजि भनिन्छ ।त्यहि चाेकाबजि, बेसार मास मुछेर बत्ति बालेर भूतप्रेत लुताे सबै लैजाउ भनेर घण्टाकर्ण भएकाे ठाँमा फाल्ने चलन आज पनि जिवित छ । घण्टाकर्णमा छाेएर फलामकाे अेाेंठी, बच्चालाई कल्ली लाउननाले शरिरमा भूतप्रेतले छुंदैन भन्ने प्रचलन आज पनि छ । वास्तवमा घण्टाकर्ण के हाे ? उ एक ब्राह्मणकाे छाेरा थिए । उनी समाज सेवी, प्रगतिशिल ब्यक्ति थिए । उनी समाजकाे कुप्रथा, अन्धविश्वास र अन्याय अत्याचारकाे विराेधि थिए । उनी तल्लाे वर्ग, गरिव र किसानकाे पक्षमा वाेल्ने र सहयाेग गर्ने ब्यक्ति थिए । अन्यायकाे विराेध गर्न, धनी गरीब हुनुहुन्न भन्ने आवाज उनैले उठाए ।किसाहरूकाे खेतिपाति वा सिनाज्याकाे वेलामा पर्म जाने चलन उनैले चलाएका थिए । त्यसैले किसानहरू घण्टाकर्णलाई मान्य गर्छन भने उनकाे विराेधिहरूले उनलाई राक्षस, भूत भनेर मन्छिने काम गरे । किसानहरू पर्मकाे कामले सिनाज्यामा निकै सहज र सरल भएपछि उनलाई मान्न थाले विश्वास गर्न थाले ।जस्ताे समस्या आउँदा पनि उनले सहज बनाइ दिन्छ भन्ने भयाे । कसैले अन्याय,अत्याचार रअन्धविस्वासका कुरा गर्दा सुन्न नसक्ने ब्यक्ति थियाे त्यसैले कानमा घण्टी झुन्ड्याएर हिड्थे । अन्याय अत्याचार रअन्धविस्वासकाे आवाज सुन्न नपराेस भनी विराेध गर्नु पर्दा कानकाे घण्टी हल्लाउथे ।त्यसैले उनकाे नाम गंथाःमुगः वा धण्टाकर्ण रहेकाे किमवदन्ति छ । जातपातकाे विराेधि, सानाे जात भनेर पक्षपात गरिएकाे जातसंग बसेर खाने बस्ने गर्थ्याे ।जस्काे कारणलेे ब्राह्मणकाे जातबाट निकाला गर्नुकाे साथैघरबाट समेत निकाले । उनी घरवार विहिन भए तर उनी रात दिन जनताकै घरदैलाेमा सच्चा समाजसवी भएर सामाजिक जीवन जिउँदै जनता संगै आफ्नाे जीवन विताउँदै थिए । एकदिन उनकाे मृत्यु भयाे ।खैलावैला चल्याे ।कस्ले दागवत्ती दिने, संस्कार कस्ले गर्न ? उनका काेहि आफन्त इष्टमित्र दाजुभाई आएनन् । लनस कुर्न किसान र अरू तल्ला वर्गका मानिसहरूकाे भिद लागे । लास उठेन समस्या पर्याे । याे हाम्राे गुरु हाे हाम्राे लागि ठूलाे गरेछ भनेर सवै किसान र जनसमुदाय मिलेर चन्दा संकलन गरेर लास उठाउने तरखरमा लागे । लास त उठ्ने भयाे तर दागबत्ती दिने मान्छे भेटेन बाहुनकाे छाेराेकाे लास कसरी छुने ? भन्ने विचार विमर्श भए । आखिर हाम्रै लागि त्याग र तपस्या गरेकाे के हुन्छ त ? भन्दै निच जातिकाे रूपमा हेरिएकाे एक पाेडेले "म दिन्छु दागवती" भनेर आगाे समाएर "आजा ए.." भन्दै तीन फन्का घुमेर दागबत्ती दिएर घण्टाकर्णकाे अन्त्यष्टी गरे । आजा भनेकाे बाजे वा हजुबुबा ।आजा ए... भनेकाे हजुर बा भन्दै दिएकाे दागबत्तीले घण्टाकर्णले मुक्ति पाए । आज सम्म पनि किसानहरूले सिनाज्या सकेर वा राेपाईं सकेर श्रावणकाे चतुर्दसीकाे दिन घण्टाकरणलाई सम्झेर, उनले समाजलाई गरेकाे याेगदानकाे कदर गर्दै गंथाःमुगः चह्रे मनाउने गरेकाे पाइन्छ ।