काठमाडौं प्रहरी प्रमुखमा भरत बोहोरा र अपराध अनुसन्धानमा जनक भट्टराई
गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी भरत बोहोरा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।