आठ करोड ‘कबड्डी ४’को तीन दिनको ग्रस कमाइ
‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । फिल्मको तीन दिनको कुल ग्रस कमाइ झण्डै ८ करोड रुपैयाँ छ ।तीन दिनमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फिल्मले आगामी दुई दिनमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० करोडको आँकडा पार गर्ने अनुमान छ ।
मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा पहिलो सप्ताहन्तको कमाइ २ करोड १८ लाख रुपैयाँ ग्रस छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईको कमाइ १ करोड १२ लाख रुपैयाँ ग्रस छ ।
वान सिनेमाजमा ४५ लाख, बिग र एफक्यूबको कमाइ ४० लाख अनुपातमा छ । बीएसआरमा ३० लाख, पोखराको मिडटाउनमा १२ लाख, गोपीकृष्ण र अष्टनारायणमा २० लाख, रञ्जनामा २१ लाख ग्रस कमाइ छ ।