तेलको गन्ध पछ्याउँदै हामीले जहाज भेट्यौ
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ का विशाल घर्ती मगर वैशाखदेखि मुस्ताङ थासाङको लेकमा बस्दै आएका छन्।
उनी वैशाखको पहिलो सातादेखि मुस्ताङको थासाङ वडा नम्बर २ को सानुसरे क्षेत्रका खर्कमा बस्दै आएका थिए।
उनी यार्सागुम्बा संकलन गर्न त्यस क्षेत्रमा पुगेका हुन्।
केही घन्टापछि गाउँलेहरूले टेलिफोन गरेर तारा एयरको जहाज हराइरहेको खबर दिएको उनले बताए। ‘हामीले आइतबार बेलुकीसम्मै जहाज भेटिन्छ कि भनेर खोज्यौं, भेटिएन,’ उनले भने।आज बिहान ५ बजेदेखि पुन: जहाजको खोजी सुरू गरिएको विशाल बताउँछन्।
‘हामी त्रिपाल टागेर यही खर्कहरूमा बसेका छौं। आज बिहान ५ बजे उठेर चिया मात्रै खाएर जहाजको खोजी गर्न निस्कियौं,’ उनले भने, ‘एक घन्टाजति हिडेपछि माथि डाँडामा पुग्यौं। हामी तीन जना छौं। दुई जना डाँडाबाट अझै माथि जानुभयो म तलतर्फ हेर्न लागेँ। केही तल पुगेपछि डिजेल गन्हायो। यतै दुर्घटना भएको हो कि भनेर खोज्दा जहाजका टुक्राहरू देखेँ। शवका टुक्रा छरिएका अवस्थामा देखेँ।’