आचारसंहिता उल्लंघन : कांग्रेस नेता कोइराला लगायतलाई निर्वाचन आयोगले सचेत गरायो
निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले उनीहरुलाई सचेत गराएको हो ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको तर केही साताअघि कांग्रेस नेता कोइरालाले ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको हो ।