माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार्यो : एमाले महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र पनि बनाउन नसकेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार गरेको बताए ।
माओवादी केन्द्र अब कांग्रेसको छत्र छायाँमा चुनाव लड्ने र कांग्रेसको सहयोगी दल बनेको महासचिव पोखरेलले बताए ।