त्रिकोणात्मक टि–२० सिरिज : नेपालले पपुवा न्युगिनीसँग फाइनल खेल आज खेल्दै
त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका आज नेपालले पपुवा न्युगिनीसँग खेल्ने भएको छ ।
उपाधिको खेल नेपालले आफ्नै मैदानमा खेल्ने भएको हो । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२:३० बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल, मलेसिया पपुवा न्युगिनी छन् । जसमा नेपाल प्रतियोगितामा अपराजि हुँदै फाइनल पुगेको हो।
प्रतियोगितामा मलेसिय र पपुवा न्युगिनीले समान ४ खेल खेलेका छन् । जसमा उनीहरुले समान १–१ खेल नै जितेका छन् । यद्यपि नेटरनरेटमा पपुव न्युगिनी अगाडी भएकाले फाइनलमा स्थान पक्का गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा ३७ रनको जित निकालेको थियो ।
उता मलेसियालाई पनि नेपालले दुवै खेलमा जित निकालेको थियो ।