ललितपुर महानगरमा एमालेकी उपमेयर उम्मेदवार मञ्जली शाक्यविरूद्ध उजुरी
ललितपुर महानगरपालिकामा उपमेयरकी एमालेबाट उम्मेदवारी दिएकी मञ्जली शाक्यविरूद्ध उजुरी परेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए।
बन्दसूचीमा शाक्यको नाम भएको हुँदा उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले बताए।
निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी दिन चाहने व्यक्तिले समानुपातिकको बन्दसूचीबाट हटाउन अनुरोध गरेको थियो। त्यसको लागि वैशाख १० गतेसम्मको समय तोकेको थियो।