मकवानपुरमा लागुऔषधसहित युवक पक्राउ
मकवानपुरमा लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको टोलीले उनको घरमा खानतलास गर्दा लुकाएर राखेको ट्रामा, नाइट्रोभेट र मोरेक्स फेला परेको थियो ।
प्रहरीले उनको घरबाट ट्रामा १०४० ट्याबलेट, नाइट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल बरामद गरेको छ ।