गुल्मीमा टाइफाइडविरुद्धको खोप दिन सुरु
गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको हो ।
खोपको एक कार्यक्रमकाबीच तम्घासस्थित अर्जुन आवासीय माध्यमिक विद्यालय खोप केन्द्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सिन क्यारियर दिएर शुभाम्भ गरेका हुन् ।
खोपको शुभारम्भ गर्दै पराजुलीले सबै लक्षित समूह नछुटाउन आग्रह गरे । खोप प्रभावकारि भएकोले अनिवार्य रुपमा आफ्ना छोरा छोरीलाई खोप केन्द्रमा लगेर खोप लगाउन पराजुलीले सबैलाई आग्रह गरेका छन् ।
जिल्लामा करिब ६८ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका खोप फोकल पर्सन बोम आर्यालले बताए ।