मन्त्री आलेको प्रष्टीकरण : कोरोनाले थलिएको पर्यटन उकास्न सलमानको कन्सर्ट
आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा बलिउड अभिनेता सलमान खानले सांगीतिक प्रस्तुति दिने तयारी छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत सहयोगमा इभेन्ट म्यानेजमेन्ट कम्पनी ओडीसीले द ब्याङ रिलोडेड टुर गर्न लागेको हो । मन्त्री प्रेमबहादुर आलेले सलमानसँग भिडियो संवाद गर्दै नेपालमा स्वागत गर्न आफू अधैर्य रहेको बताइसकेका छन् ।
मन्त्री आले र सलमानबीचको उक्त संवादपछि सामाजिक सञ्जालमा कतिपयले आलोचना पनि गरिरहेका छन् । नेपाली कलाकार र फिल्मलाई बेवास्ता गरेर सरकारले सलमानलाई ल्याउन लागेको भन्दै केही सेलिब्रिटी असन्तुष्ट थिए भने केही राजनीतिक समूहले त्यसको विरोध गरेका थिए ।