दुई दिनको साप्ताहिक बिदाले कर्मचारीहरू खुसी
जेठदेखि शनिबार र आइतबार गरी दुईदिन बिदा दिनेसरकारी कर्मचारीले खुशी व्यक्त गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले १ जेठदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने जनाएको हो । कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।
सरकारले गरेको निर्णयप्रति नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष गोपाल पोखरेलले कर्मचारीतन्त्रमा खुसीयाली छाएको बताए । उनले सरकारले खर्च सरकारी खर्च नबढ्ने गरी गरेको निर्णयमा विरोध गर्नुपर्ने कारण नभएको बताए ।
यस्तै एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पनि सरकारी साधनको दुरुपयोग नहुँदा विदा प्रभावकारी हुने बताउँछन् ।