रुपन्देहीमा हिरासतभित्र घाइते अवस्थामा भेटिए चोरी आरोपी
चोरीको आरोपमा पक्राउ परेका युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा घाँटीमा चोट लागेको अवस्थामा भेटिएका छन् ।
बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाको तार चोरीको अभियोगमा पक्राउ परेका २८ वर्षका रुद्रबहादुर नेपालीले आत्महत्या प्रयास गरेको प्रहरीको दावी छ । घाँटीमा गहिरो चोट लागेका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।