सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा एक लाख एकसय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ९ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ५४ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला मूल्य १३ सय ८० रुपैयाँ छ ।
सोमबार ९९ हजार ६ सय रुपैयाँमा तेजावी र १ हजार ३६५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेको हो ।