पत्रकार न्यौपानेको उपचारमा सहयोग
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका पत्रकार नारायण न्यौपानेलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
इन्जाको एसिया उपाध्यक्ष समेत रहेका पत्रकार न्यौपाने लामो समय देखि राष्ट्रिय समाचार समिति मा कार्यरत छन् । हाल शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका न्यौपानेलाई उक्त रकम इन्जा ग्लोवलका सचिव दीपक रिजालले हस्तान्तरण गरे ।