विश्वकप पुग्ने सपना पूरा नभए पनि सम्झनलायक प्रदर्शन
वर्ष २०७८ मा नेपाल विश्वकप पुग्नबाट बञ्चित भए पनि नेपाली क्रिकेट मैदान भित्र र मैदान बाहिर उति नै छायो । कोभिड-१९ को कारण केही समय क्रिकेट गतिविधि प्रभावित बन्यो । तर जति अन्तर्राष्ट्रिय प्रतियोगिता भए विश्वकप छनोटलाई छाड्ने हो भने नेपालको प्रदर्शन औसत रह्यो । खेलमा नेपाल चर्चामा रह्यो ।
नेपालले घरेलु मैदानमा खेलेका दुईटै त्रिकोणात्मक टी-२० श्रृंखला जित्यो । तर, क्रिकेट विश्वकप लिग टूमा खेलेका दुईवटा त्रिकोणात्मक श्रृंखलामा प्रदर्शन औसत रह्यो ।
त्रिकोणात्मक टी-२० श्रृंखलाबाट सुरु भएको वर्षक त्रिकोणात्मक टी-२० श्रृंखला जित्दै बिदाई भयो । तर विश्वकप पुग्न नसकेको पीडा भने रहिरह्यो ।
पपुवान न्यूगिनी (पीएनजी) विरुद्ध दुई वटा द्विपक्षीय एकदिवसीय श्रृंखला खेलेको नेपालले एउटा श्रृंखलामा जितको क्लिन स्वीप गर्यो त अर्कोमा हारको ।