अर्थतन्त्रमा हस्तक्षेप गरिएन भने मुलुक दोस्रो श्रीलङ्का बन्न सक्छ : विष्णु पौडेल
पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको औँल्याएका छन् । आइतबार राजधानीमा मुलुकको वर्तमान अर्थतन्त्रको विषयमा नेकपा एमाले प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेल यस्तो बताएका हुन् ।
नेकपा एमालेको सरकारले मुलुकको अर्थतन्त्र स्वस्थ र सुदृढ अवस्थामा छाडेर गए पनि वर्तमान पाँच दलीय गठवन्धनको सरकारले ध्वस्त पारेको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले अब हस्तक्षेप गर्ने बेला आएको बताए । यसो नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने र नेपाल दोस्रो श्रीलङ्का हुनबाट कसैले बचाउन नसक्ने बताए ।
पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको औँल्याएका छन् । आइतबार राजधानीमा मुलुकको वर्तमान अर्थतन्त्रको विषयमा नेकपा एमाले प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेल यस्तो बताएका हुन् । सो अवसरमा पौडेलले अघिल्लो सरकारले बजार महँगी ४ प्रतिशत भन्दा तल राखेको, विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने करिब १४ अर्ब रुपैयाँ बराबरको छाडेर गएकोमा अहिलेको सरकारले यसलाई ध्वस्त पारेको उनले तर्क गरे ।