बाँकेमा ब्राउन सुगरसहित एक पक्राउ
बाँकेमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
कोहलपुर नगरपालिका-१२ का ३० वर्षीय मुन्ना भन्ने जगत केसीलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
मंगलबार कोहलपुर नगरपालिका रोहिनी खोलास्थित सडक खण्डमा ब्राउन सुगर कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो।
प्रहरीले चेक गर्ने क्रममा केसीको साथबाट ८० ग्राम ब्राउन सुगर फेला पारेको हो।
प्रहरीले उनलाई भे १२ प. २९० नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।