जिता बरालको नर्सिङ लाइसेन्स खारेज, यस्तो घटना थियो
नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (काउन्सिल दर्ता) खारेज गरेको छ ।
डेढ वर्ष अघि राष्ट्रिय ट्रमा सेन्टर भएको घटनामा बरालले व्यवसायिक आचार संहिता उलंघन गरेको ठहर गर्दै १३ चैतमा बसेको परिषद्को बैठकले नाम दर्ता कितावबाट हटाउने निर्णय गरेको हो ।
‘सिफारिस प्रतिवेदन परिषद् समक्ष पेश गरेको कागजात समेत अध्ययन छलफल गर्दा निजले आचार सहिंता उल्लङघन गरेको ठहर हुन आएकाले परिषद्को दर्ता किताबबाट दर्ता नम्बर ८८९४ को जिता बरालको नाम हटाउने निर्णय गरिएको छ,’ सुचनामा भनिएको छ ।
नर्स बरालले २०७७ असोज ६ गते ट्रम सेन्टरमा अभद्र व्यवहार गरेकी थिइन् । बरालले जथाभावी गालीगलौज र अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।