कांग्रेसको 'जम्बो' प्रचार समिति: केन्द्रीय सदस्यदेखि शुभेच्छुक संस्थाका प्रमुखसम्म
वैशाखमा हुने स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले 'जम्बो' प्रचार समिति गठन गरेको छ।
प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति गठन भएको हो।
पार्टीका केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू समेटेर ६७ सदस्यीय प्रचार समिति गठन भएको हो।
सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णयअनुसार प्रवक्ता महतलाई प्रचार समिति प्रमुख तोकेका थिए। उक्त समिति सदस्यमा पार्टी केन्द्रीय सदस्यहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई पनि राखेर पूर्णता दिइएको छ।
समिति सदस्यमा केन्द्रीय सदस्यहरू जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ, अमृत अर्याल, रामजनम चौधरी, गोपाल दहित रमा कोइराला (पौडेल) छन्।
साथै केन्द्रीय सदस्यहरू कृष्णकिशोर घिमिरे, ध्रुब वाग्ले, दिनेशकुमार यादव, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, अब्दुल सत्तार, राजीव ढुंगाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, विनोदकुमार चौधरी, चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, मोहन आचार्य, जावेदा खातुन जागा, नागिना यादव, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, उर्मिला नेपाल केसी पनि प्रचार समितिमा छन्।