नेपालको अर्थतन्त्रलाई श्रीलंका बनाउने सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी गरे । साथै उनले नेपालको अर्थतन्त्र सुधारका लागि भइरहेको चिन्तालाई सलाम गर्नसक्नुपर्ने बताए ।
उनले अर्थतन्त्रबारे दुई तरिकाबाट टिप्पणी भइरहेको र एकाथरीले श्रीलंकाकै हालतमा पुर्याउनुपर्छ भनिरहेकोमा त्यसको विरोध गर्नुपर्ने बताए ।
मन्त्री शर्माले नेपालमा डलर सिञ्चिति साढे ६ महिनाका लागि रहेको भन्दै योबाट तल झर्न नदिने बताउदै विलासिताका सामानहरु आयातमा घटाउनुपर्ने बताए । साथै उनले स्वदेशी उत्पादन आलु स्याउ जस्ता सामग्री आयात नगर्दा पनि हुने तर त्यसतर्फ ध्यान नदिएको तर्फ ध्यान जानुपर्ने बताए ।