अर्थतन्त्रमा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्छ : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका छन । उनले नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै अर्थतन्त्रको समस्या समाधान गर्नु पर्ने बताएका हुन ।
उनले नीजि क्षेत्र र सरकारले निरन्तर छलफल र सम्बाद गरेर सबै समस्या समाधान गर्नु पर्ने बताए । ‘सरकारका मुख्य सचिवले समस्या समाधान गर्न तयार रहेको बताउनु भएको छ’ सभामुख सापकोटाले भने, ‘अब सरकार र नीजि क्षेत्रले समस्यालाई तत्काल समाधान गर्नु पर्छ ।’