नगरपालिकाको प्रशासनिक भवनमा अस्पताल सञ्चालन’
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले तिलोत्तमा नगरपालिकामा स्थानीय तह निर्वाच्नको घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा हाल नगरपालिकाले लिंदै आएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, रुग्ण उद्योग व्यवसायको तिर्न बाँकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा हाल उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्था खारेज गरी पूर्ण सरकारी वजेटमा बनाउने प्रतिवद्धता गरिएको छ ।