खुमलटार ए डिभिजनमा बढुवा, सामाजिक सी डिभिजनमा घटुवा
खुमलटार युथ क्लब ए डिभिजनमा बढुवा भएको छ । बी डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार पहिलो पटक ए डिभिजनमा उक्लेको हो ।
यसअघि चर्च ब्वाइज युनाइटेड बी डिभिजन च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भइसकेको छ ।
आइतबारै रानी पोखरी कर्नर टिम (आरसिटी) टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि खुमलटार र आरसिटीको समान २२ अंक भएको थियो ।
तर लिगमा यसअघि आरसीटीलाई हराएकोले हेड टु हेड मा अगाडि रहँदै खुमलटार भाग्यमानी बनेको हो । टुसालसँगकाे खेल जितेको भए आरसीटी ए डिभिजनमा बढुवा हुने थियो ।