‘नेपाली फिल्मलाई माया गरौं, साउथसँगको लडाइँ जितिन्छ’
झरना थापा अभिनेत्री मात्रै होइन, निर्देशकको भूमिकामा पनि खरो उत्रिसकेकी छन् । उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिजको तयारीमा छ ।
फिल्म रिलिजको व्यवस्थापन गर्नमै अहिले झरना व्यस्त बनिरहेकी छन् । कोरोना महामारीपछि लयमा फर्किन फिल्म क्षेत्रले गरिरहेको संघर्ष र दक्षिण भारतीय (साउथ) फिल्मको बढ्दो प्रभावका बीच ‘ए मेरो हजुर ४’को चौथो सिक्वेल प्रदर्शनमा आउँदैछ ।