३५ मिटर घटाएर तोकियो फेवातालको मापदण्ड
प्रत्येक चुनावको एजेण्डा बन्दै आएको फेवातालको मापदण्डको विषयलाई पोखरा महानगरपालिकाले टुंग्याएको छ । ६५ मिटर रहेकाे फेवाताललको मापदण्ड घटाएर ३० मिटर कायम गरेर महानगरले स्थानीय तहको चुनावको मुखमा आएर फेवातालको मापदण्ड कति हुने भन्ने दशकौंदेखिको विवादलाई अर्काे चरणमा प्रवेश गराएकाे छ ।
समयमा मापदण्ड तोक्न नसकेर मानहानी मुद्दा खेपिरहेको महानगरले सर्वोच्च अदालतको आदेशात्मक फैसला, फेवाताल सीमांकन तथा नक्सांकन समितिको निर्देशन र सात तालको अध्ययन प्रतिवेदनलाई आधार मान्दै फेवातालको मापदण्ड ३० मिटर तोकेको छ ।
महानगरको ५५ औं कार्यपालिकाको बैठकले फेवातालसँगै पोखराका सबै तालको मापदण्ड तोकेको हो । बेगनास र रुपा तालको मापदण्ड ५५ मिटर कायम गर्ने निर्णय गरेको छ ।
मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले फेवातालको मापदण्ड ३० मिटर, बेगनास र रुपाको ५५ मिटर, लेखनाथकै दीपाङ, खास्टे, गुदे, न्यूरिनी, मैदीको मापदण्ड २० मिटर कायम गर्ने निर्णय गरेको हो । रुपालगायतका तालको मापदण्ड सरकारले १ सय मिटर तोकेको थियो ।