थप १२७ जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु
मुलुकभर पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय २३ जना र २ हजार २०२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ६५६ पुगेको छ । सोही अवधिमा ३५ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ हजार ७७० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४१ पुगेको छ ।