ललितपुर महानगरभित्र मंगलबार र बुधबार कोरोना खोप लगाइने
ललितपुर महानगरपालिकाभित्र मंगलबार र बुधबार कोरोना खोप लगाइने भएको छ।
जेठ २५ र २६ गते ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध भेरोसेल खोप लगाउन लागिएको महानगरले जानकारी दिएको छ। यसअघि खोप लगाइएकै केन्द्रबाट यसपटक पनि खोप लगाइने महानगरको भनाइ छ। साथै महानगरले तत्काल कोभिशिल खोपको मात्रा भने नलगाउने भएको छ।
प्रत्येक वडाबाट ५० जनाका दरले मानिस छनौट गर्न पत्राचार गरिएकोमा अहिले भेरोसेल खोप लगाउनुपर्ने भएकोले कोभिशिल खोप लगाउने काम स्थगित गरिएको हो।
भेसोलेलको पहिलो डोजको खोप मंगलबार र बुधबार लगाउन लागिएको हो।