थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि कुल ५ हजार ३ सय १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५४६ जना पुगेका छन्।
मन्त्रालयका अनुसार आज थप ७२१९ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना छन्। यस्तै १ लाख १ हजार ९९३ जना कोरोना संक्रमित उपचाररत छन्।